गण्डकी प्रदेशमा थप ११ संक्रमितको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७० पटक पढिएको

गण्डकी प्रदेशमा थप ११ संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, म्याग्दी, रुपन्देही र पर्वतका १/१ जना छन् । प्रदेशमा हालसम्म २ सय ६२ जना संक्रमितको मृत्यु भैसकेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मृत्यु हुनेमा ३१ र ३५ वर्षीया महिला, ४२ र ४५ वर्षीय पुरुषसमेत छन् । 

 

पोखरा १२ की ३५ वर्षीया महिलाको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको छ । 

पर्वतको कुस्मा १३ का ४२ वर्षीय पुरुषको आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । 

पोखरा १७ का ५३ वर्षीय पुरुषको बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको गएराति सोही अस्पतालमा मृत्यु भयो । 

स्याङ्जाको वालिङ ३ का ४५ वर्षीय पुरुषको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । 

त्यस्तै पोखरा ९ की ३१ वर्षीया महिलाको गएराति मेडिप्लस अस्पतालमा मृत्यु भयो भने म्याग्दीको मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुषको वैशाख २४ मा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । 

स्याङ्जाको गल्याङ ३ की ६० वर्षीया महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा, पोखरा २ की ५८ वर्षीया महिलाको वैशाख २४ मा गण्डकी मेडिकल कलेजमा, पोखरा २७ का ५२ वर्षीय पुरुषको वैशाख २५ मा गण्डकी मेडिकल कलेजमा, पोखरा १९ का ५८ वर्षीय पुरुषको शनिबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । 
 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित