टेस्लाको सीइओ इलन मस्कले गरे १२ अर्ब रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६७ पटक पढिएको
काठमाडौं । विश्व चर्चित इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाका सीइओ इलन मस्कले ठूलो धनराशीको पुरस्कार घोषणा गरेका छन् । उनले सहरमा हुने कावर्न डाईअक्साइड क्याप्चर गर्न सकिने प्रविधिको विकास गर्नेलाई उक्त राशीको पुरस्कार दिने घोषणा गरेका हुन् ।
विश्वकै धनी मानिसको सूचीमा दोस्रो स्थानमा रहेका मस्कले आफ्नो व्यक्तिगत तबरबाट उक्त रकम पुरस्कार वापत दिने घोषणा गरेका हुन् । उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘म सर्वोत्कृष्ट कार्वन क्याप्चर टेक्नोलोजी निर्माण गर्ने मानिसलाई १०० मिलियडन डलर पुरस्कार दिने छु ।’
उनले उक्त ट्वीट जनवरी २२ तारिखमा नै गरेका हुन् । उनको उक्त ट्वीट निकै चर्चामा रहेको छ । मस्क वातावरणमा आइरहेको परिवर्तनलाई लिएर निकै चिन्तित रहेका छन् । उनिको कम्पनीले वातावरण प्रदुषण गर्ने सवारी साधनको विकल्पमा इलेक्ट्रीक कार उत्पादन गर्दै आएको छ ।
टेस्लाको बढ्दो लोकप्रियताबाट हौसिएका मस्कले अमेरिकाको अलावा चीन र जर्मनी टेस्लाको नयाँ फ्याट्री बनाइसकेका छन् भने भारतमा नयाँ फ्याट्री लगाउने तयारीमा जुटेका छन् ।
मस्क हावामा रहेको कार्वन क्याप्चर गर्ने टेक्नोलोजी निर्माणमा लागि परेका छन् । यहि प्रक्रियामा उनले उक्त धनराशीको पुरस्कार घोषणा गरेका हुन् ।