जनता समाजवादी पार्टी भित्र नयाँ सत्ता समीकरणको लागि बैठक बस्दै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९२ पटक पढिएको

जनता समाजवादी पार्टीको आज केन्द्रीय कार्यकरिणी बैठक बसेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा ११ बजे देखि बैठक सुरु भएको पार्टीको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन् । बैठकमा पार्टीको संगठन समायोजन र सत्ता समीकरणका विषयमा छलफल हुने झाले बताएका छन् ।

जसपाले नयाँ सत्ता समीकरणको विषयमा ठोस निर्णय गर्न आज पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बसेको हो । आज बसेको यो कार्यकरिणी बैठकका लागि हिजो र अस्ति शीर्ष नेताहरुको बीच बैठकमा लैजाने एजेण्डाको विषयमा छलफल भएको थियो ।

जनता समाजवादी पार्टी नयाँ सत्ता समीकरणको लागि निर्णायक भूमिकामा रहेको छ । अहिलको नयाँ सत्ता समीकरण जसपा भित्र कुन पक्षलाई समर्थन गर्ने भन्ने विषयमा विभाजित छ । महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओली पक्ष तिर झुकाव राखेका छन् भने उपेन्द्र यादव र बावुराम भट्टराईले भने काँग्रेस र माओवादी केन्द्रसँग मिलेर जाने मनशाय बनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित