आइपिओ निष्काशन गर्दै सर्वाेतम: ज्याेती काे आइपिओकाे नतिजा भाेली

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७८ पटक पढिएको

दिलिप थापा

ज्योती लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोली शुक्रबार आइपिओको नतिजा प्रकाशन गर्ने भएको छ्र । यस कम्पनीले ६६ करोड (६६००००० कित्ता) बराबरको प्रारम्भिक शेयर जारी गरेको थियो । जस मध्ये ५%(३,३०,०००) शेयर कर्मचारी लाई र ५%(३,३०,०००) शेयर सामुहिक लगानी कोशलाई छुट्ट्याएको थियो । नेपालको इतिहासमा यो सबैभन्दा धेरै(१८,४२,४९६) आवेदन परेको आइपीओ हो । जसमध्ये ५,९४,००० जनाले १० कित्ताका दरले यसको आइपीओ हात पार्नेछन् ।

यसैगरी सर्वोत्तम सिमेन्टले पनि बुक बिल्डिङ पद्धति बाट ६०,००,००० कित्ता (कम्पनीको चुक्त्ता पुँजीको १५%) आइपीओ निष्काशन गर्दै छ । यसमा लगानीकर्ताहरुले १ कित्तालाई रु ७५० खर्च (अनुमानित) गर्नुपर्ने हुन्छ । कुल ६० लाख कित्ता शेयर मध्ये २४ लाख कित्ता शेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लावासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो । न्यूनतम शेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरु द्वारा बोलकबोल विधिबाट अझ बढ्न सक्ने जनाइएको छ ।

सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ । कम्पनीको आईपीओ जारी गर्ने क्यापिटल मर्चेण्टको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने, सह व्यवस्थापकमा एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित