मंगलबार शेयर बजार परिसूचक नेप्से २४०० नजिकको बिन्दुमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६४३ पटक पढिएको
मंगलबार शेयर बजार परिसूचक नेप्से २४०० नजिकको बिन्दुमा आएर रोकिएको छ । यस अघि, माघ १८ मा नेप्से २३७० को बिन्दुमा थियो । यो अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा छन् । सोमबारको तुलनामा मंगलबार नेप्से २.५६ अंकले बढी भएको हो । मंगलबार नेप्से २३९१ को बिन्दुमा थियो ।
लगानीकर्ताले सस्तोमा शेयर बेच्न नखोज्दा २४०० बिन्दुतिर नेप्से घुमिरहेको तर्क लगानीकर्ताहरुको छ । त्यही कारणले गर्दा विगत ४ महिना यता, बजारमा सबैभन्दा कम करोबार भएको लगानीकर्ताहरु अनुमान लगाउँछन् । मंगलवार ३ अर्ब ३७ करोड मूल्य बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस