शेखर कोइरालाको दाबीः महाधिवेशनमा सभापति पदको मात्र उम्मेदवारी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ९८ पटक पढिएको
नरेश भाट

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेसको भदौमा हुने चौधौं महाधिवेशनमा आफु केन्द्रीय सभापति बाहेक अरु केहीमा उम्मेदवारी नदिने बताएका छन् । नेपाल प्रेस खोटाङ्ले धार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले आफु सभापति बाहेक आरु कुनै पनि पदमा उम्मेदवारी नदिने जानकारी दिएका छन् । पछिल्लो समयमा नेपाली काँग्रेस भित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले आफुले सभापतिको लागि दाबी गरेको कोइरालाले बाताएका छन् ।
देशमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप उनको छ । “संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ”, कोइरालाले भने । “वर्तमान परिवेशमा प्रतिनिधि सभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।”
नेता शेखर काइरालाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न भएको राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको विकल्प नभएको बताएका छन् । आवधिक वा मध्यावधि जुनसुकै भए पनि निर्वाचन हुन आवश्यक रहेको बताउँदै, अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यसतर्फ लाग्नु पर्नेमा कोइरालाले जोड दिएका थिए ।