सरकार र प्रतिबन्धित नेकपा चन्द समूह विचको पहिलो चरणको वार्ता सकियो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५९९ पटक पढिएको
नरेश भाट
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव समूह माथि प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्नको लागि हिजो मंगलबार वार्ता टोली गठन गरेको थियो ।
प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री राम बाहादुर थापा बादल र प्रधानमन्त्री ओलीका सल्लाहाकार डाक्टर राजन भट्टराईलाई वार्ताका लागि जिम्मेवारी दिएका थिए । चन्द समूहले पनि वार्ताका लागि आपूm तयारी अवस्थामा रहेको र विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाण्डू आइपुगेको थियो ।
सरकार र नेत्रविक्रम विप्लव प्रतिवन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ताका लागि सरकारको तर्फ बाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका तर्फ बाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बिच झण्डै ४ घण्टा सम्म वार्ता चलेको थियो ।
वार्ता सकारात्मक दिशा तिर उन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका सल्लाहकार डाक्टर राजन भट्टराईले समाजिक सञ्जालमा टुइट गर्दै जानकारी दिएका छन् । दुई समूह बिच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ ।