राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको तयारीमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४३४ पटक पढिएको
नरेश भाट । १८ फागुन, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो नयाँ बर्ष २०७८ वैशाख २५ देखि २८ गते सम्म माहाधिवेशन गर्नको लागि तयारी तीव्र पारेको छ ।
सोमबार बसेको राप्रपाको सचिवालय बैठकले बैशाख १० गते भित्र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन सम्पन्न गराउनुपर्ने निर्णय पनि गरेको छ । सचिवालय वैठकले जिल्ला निर्वाचन समितिको महाधिवेशन फागुन २५ गते भित्र गरिसक्ने र वडा देखि जिल्लासम्मका कार्यसमितिहरुको चैत मसान्त सम्ममा गरिसक्ने निर्णय गरेका हो ।
पार्टी एकतापछि समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा ७ दिन भित्र समायोजन गर्ने बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले सक्रिय सदस्यता वितरण अभियानको समयावधि चैत १५ गते सम्म थप गरेको जानकारी गराएको थियो । यो कार्यका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुख ध्रुव बहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति गठन गरिएको हो ।