धारिलो हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५२३ पटक पढिएको
धारिलो हतियार प्रहार गरी छोराले गरे आमाको हत्या

काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका-७ मा सौतेनी छोरा जयकिशोरले घाँटीमा धारिलो हतियार प्रहार गरी ५० वर्षीया आमाको हत्या गरेका छन्। आमाको हत्याको आरोप लागेका सौतेनी छोरा यादव अहिले फरार रहेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार जयकिशोर यादवले बिहीबार बेलुका धारिलो हतियार प्रहार गरी तेतरीदेवी यादवलाई हत्या गरेपछि उनी फरार भएका हुन् ।तेतरीका पति शिवनारायण र अर्का सौतेनी छोरा नवलकिशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण तेतरीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरिक्षक रामकाजी थापाले जनाए। ‘घटनाबारे थप अनुसन्धान भइरहेको र फरारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित