६३ लाख ठगी गरेको आरोपमा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५२३ पटक पढिएको
६३ लाख ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल रहेकी छन्।
उनलाई ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार न्युजिल्याण्ड पठाउँछु भनेर ९ जनाबाट ६३ लाख रुपैयाँ रकम असुलेर उनी सम्पर्कविहीन भएकी थिइन्। पौडेलले न्युजिल्याण्ड जानका लागी प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भन्ने गरेकी थिइन्।
उनले त्यहाँ १ लाख ७० हजारसम्म तलब हुन्छ भनेर भ्रममा राखेकी थिइन्। अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यका जानकारी अनुसार आरोपीलाई असार २१ मा कपनस्थित निलोपुलबाट पक्राउ गरिएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस