ओलिले दिए निर्वाचनमा बहुमत ल्याउने दिशामा अघि बढ्न निर्देशन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७१ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दिशामा अघि बढ्न निर्देशन दिएका छन् । बुधबारदेखि काठमाडौं भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनमा एमाले सबैभन्दा ठूलो र पुरानो शक्ति भएको र लोकतन्त्र जोगाउन स्थानीय निर्वाचनमा बहुमत ल्याउनु पर्ने बताए ।

द्वन्द्व र हिंसाबाट गुज्रिएको देशमा दिगो शान्ति र सुशासन स्थापना, भ्रष्टाचारमुक्त र समृद्ध नेपाल र सुखी नेपाली ल्याउने जिम्मेवारी पूरा गर्न स्थानीय तहको निर्वाचन जित्नुपर्ने उनको तर्क थियो।

सरकार पक्षधर र जनविरोधी भ्रामक प्रचार भइरहेको दाबी गर्दै उनले त्यसको बिरुद्दमा बहुमत ल्याई स्थानीय निर्वाचनमार्फत पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति र मूलधार हौं। हामीसँग इतिहासको लोकतान्त्रिक आन्दोलनको विरासत छ। आजका समस्या र चुनौतीहरूको सामना गर्ने र समाधान गर्ने जिम्मेवारी हामीसँग छ। देशलाई समृद्ध नेपालबाट सुखी नेपालतर्फ लैजानुपर्छ, उनले भने, ‘यो जिम्मेवारी पूरा गर्न आगामी निर्वाचन महत्वपूर्ण छ ।

त्यसैगरी भोलिको बैठकमा निर्वाचनलाई केन्द्रमा राखेर पार्टीले बनाएको एपबारे केन्द्रीय कमिटी सदस्यलाई जानकारी गराउने ओलीले बताए । नेकपा एमालेमा प्रवेश गर्ने लहर बढ्दै गएपछि सदस्य संख्या ११ लाख पुगेको उनले दाबी गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित