एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको आगमन संगै नेपालमा खैलाबैला
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४५६ पटक पढिएको
काठमाडौँ, भदौ २५ ।
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका लागि काठमाडौंमा छन् । एमसिसी बारे नेपालभर नै विरोध प्रर्दशन भइरहेका बेला उनीहरूको भ्रमण सार्वजनिक चासोको रुपमा हेरिएको छ । उनीहरुको भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले ५४ जना भन्दा बढीलाई पक्राउ समेत गरेका छन् । प्राप्त जानकारी अनुसार उनीहरुलाई फतिमाको टोलि फर्किए पछि मात्र छाडिने छ ।
को हुन् फतिमा सुमार ?
फतिमाको जन्म भारतको मुम्बईमा गरीब परिवारमा भएको बताईन्छ । उनको बाबु भारतीय मूलका मुस्लिम हुन् । ४२ वर्षीया फतिमाका तीन छोरी छिन् । फतिमा नेपालको एमसीसीमा तयारीको चरणदेखि नै जानकार मानिन्छिन् । उनी एमसीसीको कर्पोरेट कार्यालयमा कम्प्याक्ट अपरेशन विभागमा उपाध्यक्षका रूपमा कार्यरत छन् ।
मोहम्मद बाह कार्यवाहक प्रमुखकार्यकारी अधिकृत रहेको एमसीसीका चार उपाध्यक्ष मध्ये उनी पनि एक हुन् ।
उनको यो नेपाल भ्रमणपहिलो पटक भने होइन । उनी यस अघिपनि नेपाल भ्रमणमा पटकपटक आएकी थिइन् । सन् २०१४ मा नेपाल आएको बेला उनी भोटेकोशी पुगेकी थिइन् भने २०१५ को भूकम्पमा भत्किएका संरचनाका विषयमा स्थलगत जानकारी लिएकी थिइन् । एमसीसी परियोजनातयारीकै क्रममापनिउनले नेपालको भ्रमण गरिसकेको समाचारहरु सार्वजनिक भैरहेका छन् ।
उनको अन्तर्राष्ट्रियविकास, वैदेशिकनीति, कूटनीति आदि विषयमा दक्षता रहेको छ । उनको विभागले एमसीसी सम्झौता गरिएका तथा सम्झौताको तयारीमा रहेका देशमा सञ्चालन सम्बन्ध तय गर्छ । साथै कामको प्रगति बुझ्ने र विश्लेषण गर्दै निरिक्षण गर्ने काम पनि गर्छ । उनले एमसीसीको सबै प्राविधिक र क्षेत्रीय विभाजनहरुमा पूर्वाधार, वातावरण र जलवायु परिवर्तन, निजी क्षेत्र, लैंगिक र सामाजिक समावेशीकरण, मानव र सामुदायिक विकास लगायतका धेरै क्षेत्रमा विश्वव्यापी अनुदान व्यवस्थापन हेर्छिन् ।
यस अघि पनि, उनी एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमाकार्यरत थिइन् । उनले एमसीसी छोडेर अक्सफामको उपाध्यक्षका रूपमा काम गरेकी थिइन् । उनको अमेरिकी ब्यूरोक्रेसीमा समेत लामो अनुभव छ। अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एशियामा उप–सहायक सचिवका रूपमा समेत उनको अनुभव छ ।
उनले अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिमा दक्षिण र मध्यएशिया हेर्ने गरी ‘सिनियर प्रोफेशनल स्टाफ मेम्बर’ का रूपमा पनि काम गरि सकेकी छिन् । उनी प्रिन्स्टन, कर्नेल, र इण्डियाना विश्वविद्यालयहरुको सल्लाहकार पनि हुन् । उनले प्रिन्स्टन युनिभर्सिटीको पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स स्कूलबाट पब्लिकअफेयर्स मा स्नातकोत्तर गरेकी छन् । जहाँ उनले प्रतिष्ठित स्टोक्स पुरस्कार समेत प्राप्त गरेको बताईएको छ। उनले कोर्नेल विश्वविद्यालयबाट राजनीतिशास्त्र र सरकार विषयमा स्नातक पनि गरेकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई गत फेब्रुअरीमा कम्प्याक्ट अपरेशन विभागको उपाध्यक्ष नियुक्त गरेका हुन् ।
अब के हुन्छ त ?
उनले नेपालको शीर्ष नेताहरुसँग भेट्ने क्रमजारी छ । विवाद चुलिएको अवस्थामाभएको उनीहरुको भ्रमणले चार वर्षे लामो एमसीसी परियोजना निष्कर्षमा पुग्ने विज्ञहरुको अनुमान छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि विसं २०७४ भदौ २९ गतेनै नेपाल सरकार र एमसीसीबीच नेपाल कम्प्याक्ट सम्झौतामा द्विपक्षीय सम्झौता भने भैसकेका छन् । एमसीसी कम्प्याक्ट अनुदान प्राप्त गर्नको लागि नेपालले अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गरी आफूलाई योग्य प्रमाणित गर्नु परेको नेपाल सरकारले जनाउँदै आएका छन् ।
सुशासन, आर्थिक स्वतन्त्रता, नागरिकका लागि लगानी तथा सम्बन्धितअन्य सूचकहरू सम्बन्धी एमसीसीका शर्तहरू सफलता पूर्वक पूरा गरी एमसीसी कम्प्याक्टका लागि चयन भएको समेत सरकारले उल्लेख गरेको छ ।
सरकारले केहि दिन अघि मात्र यस सम्बन्धि लामो प्रश्नोत्तर समेत सार्वजनिक गरेको थियो । विवादित केहि अनुसूची संशोधन गरि चाँडैनै यसलाई अनुमोदन गर्ने सरकारको तयारी रहँदै आएको छ ।