“देशमा सुशासनका लागि त्रिकोणात्मक भूमिकाको खाँचो” – बालकृष्ण खाँड
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३६५ पटक पढिएको
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी प्रधान कार्यलयको निरक्षण गर्ने क्रममा संविधानको पालना गर्दैै आम नागरिको जिउ धनको रक्षा गर्नु पहिलो कर्तव्य भएको बताएका छन् । आज प्रहरी प्रधान कार्यालय नक्सालको निरक्षण गरेपछि गृहमन्त्री खाँणले भर्चुअल माध्यम बाट सम्बोधन गरेका थिए । सरकार र प्रहरी बीचको सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय प्रमुखलाई देश र जनता प्रति बफादार हुन निर्देशन दिएका छन् ।

देशमा पछिल्लो समयमा वृद्धि भएका आपराधिक घटनाहरु प्रति पनि गम्भीर ध्यानाकर्षण भएको उनले बताए । हत्या हिंसा बलातकारका घटनाहरुमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान गर्नु पर्ने उनले बताएका थिए । त्यसमा जुन सुकै प्रविधिको प्रयोग गर्नमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन् । प्रहरीको अनुसन्धाका लागि सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका एवं दायित्वका लागि नेपाल सरकार सकारात्मक रहेको बताउँदै उनले सामाजिक दायित्वको रुपमा आउने बहुआयामिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव तमतयार हुनुपर्ने बताएका छन् ।
कोरोना माहामारीमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन् । गृहमन्त्री खाँणले आज प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गरी त्यहाँको गतिविधिबारे जानकारी लिएका थिए ।