भुटानलाई हराउँदै बङ्ग्लादेश साफ च्याम्पियनसिपको फाइनलमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३४३ पटक पढिएको
भुटानलाई हराउँदै बङ्ग्लादेश साफ च्याम्पियनसिपको फाइनलमा

काठमाण्डाै। काठमाडौँको दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्ग्लादेशले भुटानलाई ८-० गाेलकाे फराकिलाे अन्तरले हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा शुक्रवार भएकाे पहिलाे खेलमा बङ्ग्लादेशलकाे जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र ताेहुरा खातुनले एक/एक गाेल गरे । खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता कायम गरेको थियो। याेसँगै बङ्ग्लादेश दाेस्राे पटक साफ महिला च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । यसअघि सन् २०१६ मा फाइनलमा पुगेकाे बङ्ग्लादेश भारतसँग तीन–एक गाेलले पराजित भएकाे थियाे । यसैबीच नेपाल र भारतबीच आज साँझ साढे पाँच बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित