वीरगन्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९१ पटक पढिएको
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि वीरगन्जमा सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको मधेश प्रदेशका ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका छन् ।
प्रतियोगिता शनिबारसम्म चल्ने छ । यसमा नेपाल, भारत र बंगलादेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबका साथै भारत र बंगलादेशका १७ टोलीको सहभागिता रहेको छ ।
आगामी १४ औं साग खेलकुद र इन्डोनेसियामा हुन लागेको १९ औं एसियाली खेलकुदलाई ध्यानमा राखी तीन देशका खेलाडीको सहभागितामा वीरगन्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गरिएको पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।