एपीएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१६ पटक पढिएको

बिहीबार विभागीय टोली एपीएफले धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा  घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

यस जितसँगै विभागीय टोली एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ ले पराजित गर्‍यो । खेलको म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी भए ।

गण्डकी प्रदेशले बागमती प्रदेशलाई बिहीबार नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ गण्डकी प्रदेशका हरि पाण्डे भएका थिए ।

बिहीबारका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनलमा चार टोलीको टुङ्गो लागेको छ । फाइनल खेलका लागि अब त्रिभुवन आर्मी क्लब र एपिएफका बीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशका बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता यही चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु पचास हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित