पल्सर स्पोर्ट्स अवार्ड–२०७७ को तयारी पूरा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१२ पटक पढिएको

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ को तयारी पूरा भएको छ । कमलादीस्थित प्रज्ञा भवन हलमा मंगलबार हुने १८औँ संस्करणको खेलकुद अवार्डको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदीले जानकारी दिए ।

एनएसजेएफले २०५३ सालदेखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको छ । कोरोना महामारीका कारण ढिला भएको अवार्डलाई फोरमले ‘डीकेड अवार्ड’का रुपमा आयोजना गर्दै आएको छ । यस संस्करणमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिने छ ।

अवार्डका लागि पिपुल्स च्वाइस विधाको भोटिङ पनि सोमबार सकिएको छ । यसपटक पिपुल्स च्वाइसका लागि फुटबलकी एन्जेला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कुशल भुर्तेल प्रतिस्पर्धामा छन् ।

पिपल्स च्वाइस, प्याराथलिट अवार्ड, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट, टिम अफ द इयर र इन्टरनेशनल स्पोर्ट्स जर्नलिस्ट अवार्डसहित पल्सर स्पोर्ट्स अवार्ड आज घोषणा गरिने छ । कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइपुगेका छन् । एसियाली खेलकुद पत्रकारहरुको संगठनमा सक्रिय र उदाहरणीय रहेको एनएसजेएफले आयोजना गरेको अवार्ड कार्यक्रमलाई एआईपीएस एसियाको वार्षिक क्यालेन्डरमा समावेश गरिएको मलिकले बताए ।

यस वर्ष पनि पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल अवार्ड पाउनेछन् । अन्य विधाका बिजेताहरुलाई आकर्षक उपहार ह्याम्पर प्रदान गरिने छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित