सुष्मा तामाङ एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८७ पटक पढिएको

नेपालकी सुष्मा तामाङ उज्वेकिस्तानको तास्कन्दमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतियोगितामा सुष्मासँगै मुख्य प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नवीन तण्डुकार सहभागी हुनेछन् । उनले महिला ४८ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । 

सुष्मा काठमाडौंमा भएको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको स्वर्ण पदक विजेता हुन् ।

सम्पुर्ण खेलाडीहरुलाई  युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सोमबार विदाई गरेका हुन् ।

उनी गत अप्रिलमा पोल्याण्डमा भएको आईबीए युथ बक्सिङ च्याम्पियनसिपमा लिथुआनियाली खेलाडीलाई हराएर विश्व युवा बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा पुगेकी थिइन्। त्यसपश्चात उनी विश्व युवा बक्सिङ वरियतामा छैटौं स्थानमा पुगेकी छिन् ।

प्रतियोगिता यही जनवरी २० देखि ३० तारिखसम्म हुने छ । उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागीता हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित