आजदेखि प्रधानमन्त्री कप टी- २० राष्ट्रिय प्रतियोगिता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५७ पटक पढिएको

आजदेखि राजधानीमा प्रधानमन्त्री टी २० क्रिकेट प्रतियोगिता सुरू हुँदैछ। प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको हो । 

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरु हुनेछन्।

प्रतियोगिताको  पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उद्‌घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश भिड्नेछन्।यस्तै दोस्रो खेल दोस्रो खेलमा नेपाल एपीएफ क्लब र प्रदेश नं. २ भिड्नेछन्।

त्यसैगरी मुलपानी क्रिकेट मैदानमा पहिलो खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच हुनेछ।यस्तै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ।

 प्रतियोगिता ७ वटा प्रदेश र तीन वटा विभागीय गरि १० टोली सहभागी छन्।

नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्न लागेको टि-२० विश्वकप ग्लोबल छनोट (ए) प्रतियोगितालाई ध्यानमा राखेर प्रधानमन्त्री कप टी-२० फर्म्याटमा आयोजना भएकोल हो।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमानमा हुने टि२० विश्वकप छनोटको लागि नेपाली सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान दिइने छ 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित