बागमती प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल बिस्तार

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३७ पटक पढिएको

 

बागमती प्रदेशको मन्त्रिमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले मङ्गलबार साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण पनि गरिसकेका छन् ।

योसँगै एक राज्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल  बनेको छ । प्रदेशमा यसअघि आठवटा मन्त्रालय रहेकोमा हाल मन्त्रालय फुटाएर १४ वटा पु-याइएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर र बसुन्धरा हुमागाईँ मन्त्री तथा इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

विस्तारित मन्त्रिपरिषद्मा दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रालय, मानन्धरले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, हुमागाईँले कृषि तथा पशुपंक्षी मन्त्रालय, खड्काले वन तथा वातावरण मन्त्रालय, ढकालले युवा तथा खेलकुद मन्त्रालय र गुरुङले कृषि तथा पशुपंक्षी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । 

मन्त्रिमण्डलमा परेका दाहाल, खड्का र ढकाल नेकपा (माओवादी केन्द्र) का तथा मानन्धर, हुमागाईँ र राज्यमन्त्री गुरुङ नेकपा (एकीकृत समाजवादी) का हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित