ओमिक्रोन देखिएका मुलुकबाट प्रवेश गर्नेको व्यवस्थापन सरकारले गर्ने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५२ पटक पढिएको
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन सरकारले गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओमिक्रोन देखिएका मुलुकबाट प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय भएको बताएका छन् ।
प्रवक्ता कार्कीले भने, ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ’।
मङ्गलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले उक्त जानकारी गरेका हुन् । बैठकले केही सचिवको सरुवा पनि गरेको छ । प्रवक्ता कार्कीका अनुसार केही सचिवको सरुवा र केही सचिव नियमित लोकसेवाबाट बढुवा भएर आएका हुन् ।
त्यस्तै डेमोक्रेशी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने, त्यस्तै राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको कार्कीले जानकारी दिएका छन् ।
त्यसैगरी सरकारले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप चीनसँगको सम्झौताका लागि तयार पारिएको प्रोटोकल पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताएका छन् ।
मन्त्रिपरिषद्ले २०७८ मंसिर २३ र २४ गते अमेरिकी राष्ट्रपतिले भर्चुअल रूपमा आयोजना गर्ने लोकतन्त्रसम्बन्धी शिखर सम्मेलन ‘समिट फर