संविधान दिवस : ९०३ जनालाई विभूषण / क-कसले गरे अस्विकार ?
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२२ पटक पढिएको
संविधान दिवसका दिन ९ सयभन्दा बढीलाई सरकारले विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्न लागेकी हुन् ।
मन्त्रिपरिषद्ले राजनीति, समाज सेवा, खेलकुद, कलाकारिता, कानुनलगायतमा योगदान पुर्याउनेलाई विभूषण प्रदान गर्ने निर्णय लिएको बताईएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।
सरकारले सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ । त्यस पछि दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय गरेको छ । त्यस्तै तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय गरेको छ ।
क-कसले गरे विभुषण अस्विकार
पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । यस्तै पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्ने घोषणा गरेका छन् ।
त्यसै गरि वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगाना र पत्रकार कृष्ण ज्वाला देवकोटाले पनि पदक नलिने घोषणा गरेका छन्।
त्यसैगरि लेखक खगेन्द्र संग्रौला, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुन, कार्टुनिस्ट वात्स्यायन र कलाकार नीर शाहले भने विगतमा लिएको भन्दै विभूषण नलिने निर्णय गरेका छन् ।