काठमाडौँ महानगरपालिका–१० भित्र उद्यान निर्माण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७२४ पटक पढिएको

काठमाडौँमा उद्यान निर्माण गरिएको छ। काठमाडौँ महानगरपालिका–१० भित्र विभिन्न ठाउँमा रहेका ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको हो।

वडाध्यक्ष रामकुमार केसीले वडा क्षेत्रमा सार्वजनिक जग्गाको संरक्षण गरी खुला ठाउँ विकास गर्ने नीतिअनुरुप रु ३ करोड ५० लाखको लगानीमा पार्क निर्माण गरी ११ स्थानमा झण्डै ५० रोपनी सार्वजनिक जग्गा संरक्षित गरिएको जानकारी दिए । वडाको नेतृत्वमा नयाँ बानेश्वर, छक्कुबक्कु, जोगीकुटी, संयुक्त राष्ट्र निकुञ्ज (युएन पार्क), सेतो गणेशस्थानलगायतका सार्वजनिक जग्गाको संरक्षण गरिएको छ ।

यस क्षेत्रबाट प्रदेशसभामा वाग्मतीको प्रतिनिधित्व गर्दै आएका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पनि सार्वजनिक जग्गा संरक्षणमा सहयोग गरेको वडा कार्यालयले जनाएको छ । मन्त्री श्रेष्ठले प्रदेशसभा सदस्यका रुपमा मात्र प्रतिनिधित्व गर्दै सार्वजनिक जग्गामा लगाएको मकै काटेर बगैंचा बनाउने कार्यको नेतृत्व गरेका थिए ।

करिब २० रोपनी जग्गा अहिलेसम्म संरक्षणमा नआएको वडाध्यक्ष केसीले बताए । वडा कार्यालयले ती जग्गा संरक्षण गर्ने योजना बनाएको छ । भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि प्रयोग गर्न सकिने गरी पार्कलाई खुला ठाउँका रूपमा विकास गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित