प्रो क्लब च्याम्पियनसिप प्रत्यक्ष प्रसारणमा एपिवान टेलिभिजन
- वर्ल्ड दैनिक
- २ साल अघि
- ७८९ पटक पढिएको
भैरहवामा हुने प्रो क्लब च्याम्पियनसिप (पिसीसी) को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । एपिवान टेलिभिजन र आयोजक जोरा इन्टरनेशनलबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा र जोरा इन्टरनेसनलका प्रबन्ध निर्देशक आमिर अख्तरले उक्त्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। भैरहवामा आयोजना हुने च्याम्पियनसिप अप्रिल ८ देखि १६ सम्म चल्नेछ । उक्त्त खेलामा आठ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपालका पाँच तथा भारत, बंगलादेश र मेलेसियाका एक-एक टोलीले प्रतियोगितामा भाग लिने भएका छन् ।
नेपालमा पहिलेदेखि रहेको क्लब क्रिकेटको संस्कृतिलाई सुचारु गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गर्न लागेको जोरा इन्टरनेसनलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन्।
प्रतिक्रिया दिनुहोस