भारत सरकार र विङ्स इन्डिया २०२२ को कार्यक्रममा सहभागी हुँदै मन्त्री आले

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५०० पटक पढिएको

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले छिमेकी मुलुक भारतको एकदिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा भारत सरकार र विङ्स इन्डिया २०२२ को आयोजनामा ​​आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।

शुक्रबार भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नेछन् । कार्यक्रममा विभिन्न देशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहभागिता रहने मन्त्री आलेले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यक्रममा मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्र्याउन र भारतसँग सीमा जोडिएका विभिन्न विमानस्थलमा हवाई मार्ग खोल्नेलगायतका आवश्यक सहयोगका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित