रोयल्टी तिर्ने क्रम बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२० पटक पढिएको

पछिल्लो समय क्यासिनो व्यावसायीहरुले क्यासिनो संचालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले रोयल्टी नतिरे लाइसेन्स खारेज गर्ने भन्ने निर्देशन गरे पश्चात उनिहरुले सरकारलाई रोयल्टी तिरेका हुन् ।

क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीका अनुसार क्यासिनो कम्पनीबाट ८७ करोड राजस्व संकलन गरिएको छ ।

दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरेपछी अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित