भेषनारायण दाहालले दिए राजीनामा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३१७ पटक पढिएको
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

उनले मंगलबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनलाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट व्यवसाय गर्न दिइएको आरोप लागिरहेको छ ।
“मैले संग्रहालयमा अत्यन्त न्युन साधन र स्रोत हुँदाहुँदै पनि आफ्नो बुद्दी ,विवेक र ज्ञानको प्रयोग गरी म जाँदा दयानिय अवस्थामा रहेको संग्रहालयलाई स्वदेशी तथा बिदेशी पर्यटक हरुलाई सहज हुने वातवरण सिर्जना गरेकोछु, ” कार्यकारी निर्देशक दाहालले राजीनामा पत्रमा बताएका छन् ।
बतास समूहले नारायणहिटी सङ्ग्रहालयमा मनोमानी तरिकाले भवनहरु खडा गरेको आरोप खेपिरहेको छ । यो विषय अहिले जनाचासोको विसय बनेको छ ।
प्रतिक्रिया दिनुहोस