सन् २०२१ को प्रभावशाली महिलाको सूचीमा अफगानिस्तानको बढी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३६ पटक पढिएको

बीबीसीले सन् २०२१ को निम्ति विश्वभरिका एक सय प्रेरक एवं प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । यस वर्षको १०० महिलाको सूचीले हाम्रा समाज, हाम्रा संस्कृति अनि हाम्रा संसारलाई परिष्कृत गर्न लागिपरेका महिलाहरूलाई समेटेको छ ।
यस वर्षको सूचीमा आधा अफगानिस्तानका महिलाहरू रहेका छन् । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको बीबीसीले उल्लेख गरेको छ । सुरक्षाका कारण उनीहरूमध्ये केहीको छद्म नाम प्रयोग गरिएको र फोटो भने सार्वजनिक गरिएको छैन ।
सन् २०२१ को अगस्टमा तालिबान पुन: सत्तामा आएपछि दशौँ लाख अफगानहरूको जीवन बदलियो । बालिकाहरूलाई माध्यमिक शिक्षा लिनबाट वञ्चित पारियो, महिला मामिला मन्त्रालय खारेज गरियो तथा धेरै महिलालाई कामबाट निकालिदियो ।
सूचीमा परेकाहरूमा सबभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ, समोआकी प्रथम महिला प्रधानमन्त्री फियामे नाओमी मटाफा, भ्याक्सीन कन्फिडेन्स प्रोजेक्टकी प्रमुख प्राध्यापक हेइडी जे लार्सन, अनि चर्चित लेखिका चिमामान्डा नगोजी अडिची पनि छन् ।