ओलीद्वारा दलको प्रमुखबाट देव गुरुङलाई हटाएको निर्णयलाई प्रचण्ड नेपाल समूहले नमान्ने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ८१८ पटक पढिएको

नरेश भाट । १७ फाल्गुन, २०७७

आज सिंहदरबारमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बसेको छ ।
सचिवालय वैठकले प्रधानमन्त्री ओली समूहले देव गुरुङलाई दलको प्रमुख सचेतक बाट हटाउने निर्णय आफु नमान्ने, प्रचण्ड नेपाल समूहका प्रवक्ता नराणकाजी श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री ओलीले देव गुरुङलाई दलको प्रमुख सचेतकबाट हटाई विशाल भटराईलाई दलको प्रमुख सचेतक बनाएका छन् । यो समूहको सचिवालय बैठकले स्थाई कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

आज सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले नेकपाको संसदीय दलको कार्यालय सिंहदारबारमा सचिवालय बैठक बोलाएको थियो । सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमहरुको बारेमा छलफल गर्ने, जतिसक्दो चाँडो स्थाई कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने भन्ने निर्णय हुने श्रेष्ठले जानकारी दिएका छन् । स्थाई कमिटी र केन्द्रीय कमिटीको बैठकबाटै आफुहरुले दावी गरेको पार्टीको आधिकारीकतालाई संविधान र दल ऐन अनुरुप पार्टी कसको हो भन्ने निर्णय जातिसक्दो छिटो गर्न अनुरोध गरेको श्रेष्ठले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित