अदालतको सात दिनको अल्टिमेटमको १८ दिनपछि प्रचण्डले दिए लिखित जवाफ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७९७ पटक पढिएको

नरेश भाट । १६ फागुन, २०७७ । वर्ल्ड दैनिक

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिटहरु दायर भएका थिए । नेकपाको प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम विरुद्ध ठूल्ठूला आन्दोलन र बृहत् विरोध सभामा प्रचण्डले सार्वजनिक सभाबाट दिएका अभिव्यक्तिहरुले सर्वोच्च अदालतको अवहेलना भएकाले प्रचण्ड विरुद्द पनि रिट दायर गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् ।

प्रचण्ड आइतबार सर्वोच्च अदालतमा आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए । न्यायधीश डाक्टर मनोज शर्माको एकल इजलाशले माघ २१ गते सात दिन भित्र प्रचण्ड आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएका थिए । प्रचण्डलाई अदालतले दिएको सात दिनको समय अवधि माघ २८ गते सकिएको थियो, तर प्रचण्डले १८ दिन पछि सर्वोच्च अदालत लाई लिखित जवाफ दिएका छन् ।

अध्यक्ष दाहालविरुद्ध शुक्रराज आरण समेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको थियो । प्रधानमन्त्री केपीशर्मा ओली लगायत पूर्व चार प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालत उपस्थित भई अवहेलना मुद्दामा लिखित जवाफ बुझाई सकेका  छन् ।

यस्तै पूर्व सभामुख दमननाथ ढुङ्गना विरुद्ध पनि सर्वोच्चले सात दिन भित्र आफै उपस्थित भएर लिखित जवाफ पेस गर्ने आदेश दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित