साहित्यकार लिल बहादुर क्षेत्रि पद्मश्री पुरस्कारबाट सम्मानित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४९७ पटक पढिएको

 

नेपाली भाषाका साहित्यकार तथा उपन्यासकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले साहित्यकार क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन् । उनलाई सन् २०२० को साहित्य र शिक्षाको विधामा पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो । यो उनको पहिलो उपन्यास हो । उपन्यासमा आधारित भएर नेपाली चलचित्र ‘बसाइँ’ पनि निर्माण भएको छ । अमेरिकामा बसाइँ उपन्यासको अंग्रेजीमा समेत अनुवाद भइसकेको छ । जसलाई सन् २००७ मा माइकल हटले माउन्टेन्स पेन्टेड विद टर्मरिक शीर्षकमा अंग्रेजीमा अनुवाद गरेका थिए ।

त्यस्तै सन् १९६९ मा उनको ‘अतृप्त’ प्रकाशित भयो । त्यसपछि उनको ‘ब्रह्मपुत्रको छेउछाउ’ र निबन्ध संग्रह ‘असममा नेपाली भाषाको कठिनाइ’ प्रकाशित भए । यसबाहेक उनको नाटक ‘दोबाटो’ र लघु कथा संग्रह ‘तीन दशक विश अभिव्यक्ति’ पनि रहेका छन् ।

उनी भारतको असममा बस्छन् । भारतको असम राज्यमा पर्ने गुवाहाटी सहरमा सन् १९३२ मा जन्मेका क्षेत्रिका कथा, उपन्यास एवं नाट्य कृतिहरू दर्जनौंको संख्यामा प्रकाशित छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित