रूमीको ८१४ औं जन्मदिन !
- वर्ल्ड दैनिक
- २ साल अघि
- ६१३ पटक पढिएको
मौलाना मुहम्मद जलालुद्दीन रूमीको आज ८१४ औं जन्मदिन । सन् १२०७ सेप्टेम्बर ३० का दिन जन्मिएका रुमी विश्वमा सबैभन्दा धेरै पढिने कविका रूपमा पनि परिचित छन् ।
रुमी फारसी साहित्यको निकै नै चर्चित कवि हुन् । उनले इस्लाम धर्ममा सूफी विचारधारा र नृत्यकलालाई दुनियाँभरि बिस्तार गरेका थिए । उनी अफगानिस्तानको नागरिक भए पनि टर्कीमा आफ्नो जीवन बिताए र त्यहाँनै आफ्ना महत्वपूर्ण रचनाहरु रचे । टर्कीको कोन्या शहरमा उनको निधन भएको थियो, जहाँ आज पनि हरेक वर्ष ‘समा नृत्य’ को ‘जलसा’ हुने गर्दछ । जसमा मानिसहरू सेता पोशाकमा ‘दरवेश’ नृत्य गर्छन् । ‘दरवेश’ नृत्य कुनै व्यक्ति वा सूफी मुस्लिम तपस्याको एक माध्यम हो ।
रुमीको बारेमा
रूमीको पिता शेख बहाउद्दीन वलाद त्यस समयको अद्वितीय धर्मशास्त्री थिए । उनको उपदेश सुन्नको लागि फारसको धनाड्य व्यक्ति देखि लिएर विद्वानहरु आउने गर्थे । त्यसै समयमा त्यहाँको एक सम्राटसँग मतभेद भएको कारण उनले ३०० विद्वान र धर्मशास्त्री सहित आफ्नो नगर छाडे ।
त्यस समय रुमी ६ वर्षको थिए भन्ने गरिन्छ । त्यहाँको प्रसिद्ध विद्वान् ख्वाजा फरीदउद्दीन अत्तारले रुमीको पितालाई, “यो बालक एक दिन अवश्य महान् पुरुष हुन्छ । यसको शिक्षा र पालनपोषणमा कुनै कसर नराख्नु” भन्आदै आफ्नो प्रसिद्ध ग्रन्थ मसनवी अत्तारको एक प्रति रूमीलाई दिएको भन्ने गरिन्छ ।
रुमी ४० वर्षको हुँदा सम्म उनको विद्वता र सदाचार धेरै नै प्रसिद्ध भईसकेको थियो । उनको उपदेश र रचनाहरु सुन्नको लागि देश विदेशबाट मानिसहरू आउने गर्थे । त्यसै समयमा उनको भेट प्रख्यात साधू “शम्स तबरेज़” सँग भएको थियो, र उनीबाट प्रभावित भई रूमी आत्मचिन्तन र साधनामा संलग्न भएका थिए ।
त्यस पछि उनीले उपदेश, प्रवचन, पढ्ने पढाउने सब काम बन्द गरे । यस्तो हालत देखेर उनको भक्त र शिष्यहरुले शम्स तबरेज़को प्रभावबाट यस्तो भएको शंका गरे र उनीहरु सबै तबरेज़को विरुद्ध भए । त्यस सँगै उनीहरुले तबरेज़को हत्यासम्म गर्न भ्याए । उक्त घटनामा रुमीको कान्छा छोरा बेटे इलाउद्दीन मुहम्मदको पनि हात थियो भन्ने गरिन्छ । त्यस घटनाले देशनै शोककुल भयो र हत्याराहरु प्रति आक्रोश र घृणा प्रकट हुन थाल्यो ।
रुमीलाई उक्त घटनाले यति धेरै आघात पुग्यो कि उनी संसारबाटै विरक्त भए र एकान्तमा बस्न थाले । त्यस समय उनले आफ्नी प्रिय शिष्य मौलाना हसामउद्दीन चिश्तीको आग्रहमा ‘मसनवी’ को रचना शुरू गरे । केही समय पछि उनको स्वास्थ्य बिग्रिन थाल्यो र फेरी स्वस्थ हुन सकेनन् । उनको ६८ वर्षको उमेरमा देहान्त भयो । उनको समाधिस्थल टर्कीमानै बनाईएको छ ।
जीवनजगतलाई बुझ्न परम्पराभन्दा बिल्कुलै अलग विचार दिने उनको रचनाहरु आज पनि करोडौं मानिसहरुले रुचाउँछन् र वाचन पनि गर्ने गर्छन् ।
रुमीको केही प्रसिद्ध कविताहरु
“सही र गलत,
भन्दा बाहिर
एउटा क्षेत्र छ
म तिमीलाई त्यहीं भेट्नेछु”
“यदि म आफैलाई माया गर्छु भने
तिमीलाई पनि माया गर्छु
यदि म तिमीलाई माया गर्छु भने
म आफुलाई पनि माया गर्छु”
‘तिम्रो उज्यालोमा नै मैले प्रेम गर्न सिकेँ
तिम्रो सुन्दरतामा मैले कविता लेख्न सिकेँ
तिमी मेरो हृदयमा अनुभूत हुन्छौ
जहाँ तिमीलाई कसैले देख्दैन,
हो, म तिमीलाई जरुर कहिलेकाहीँ देख्छु
र यही मेरो प्रेरणा पनि हो ।’
”जसरि बादलको टुक्राहरु
सूर्यको प्रकाशमा भंग हुन्छ
म मायामा तिम्रो लागि
यसरिनै मर्छु”