भैरव अर्यालको स्मृतिमा …
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४९४ पटक पढिएको
सुभाष चौलागाईं
नेपाली साहित्यका शिखर व्यक्तित्व पूजनीय श्री भैरव अर्याल ज्यूको ८६ औं जन्म जयन्ती । विसं.१९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका भैरव अर्याल । नेपाली साहित्यमा हास्यव्यंग्य शैलीमा नै प्रसिद्ध छ्न/रहन्छन । नेपाली हास्यव्यंग्य र भैरव अर्याल एकअर्कासँग अभिन्न भएर गाँसिएका छन् । उनका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दस औतार’, ‘टेढो ऐना’, ‘कारिन्दाको दिनचर्या’ हास्यव्यंग्यका लोकप्रियहरु कृति हुन् ।
आफूले आफैँलाई सिध्याए पनि लोकप्रिय कृतिहरूद्वारा आफ्ना पाठकहरु माझ उनि बाँचिरहेका छन् । यति सीमित पृष्ठमा भैरव-गाथा गाउन सकिँदैन । नेपाली हास्यव्यंग्यको शाश्वत शिल्पीलाई हार्दिक वन्दना !
हास्यव्यंग्यको शाश्वत शिल्पीलाई आफुले लेखेका केहि कविताहरु समर्पित गर्दै जन्मदिनको हार्दिक वन्दना तथा असीम शुभकामना ।
नेपालको रास्ट्रपति
नेपाल मानसिक अस्पतालमा
एक रात सबै मानसिक बिरामी
बहस गर्न बसेछ्न
बहसको निस्कर्ष पछि एउटा पागलले
म अमेरिकाको राष्टपती बन्छु भनेछ
अर्कोले म चिनको राष्टपती बन्छु भनेछ
तेस्तै अर्काले म चाहि फ्रान्सको राष्टपती बन्छु भनेछ
फेरि अर्कोले म भारतको राष्टपती बन्छु भनेछ
सबैले एउटा एउटा राज्य रोजेछ्न
तर कसैले पनि
म नेपालको राष्टपती बन्छु भनेनछ ।।
परिचालित जिउदो लास
येहि नेर येतै कतै
आएका र फर्कि जाएका
जिउदो मरेका जस्ता
परिचालित जिउदो लास सरह
मेरा प्रिय पात्रहरु ,
जिवन निमित्तको अर्को नाउँनामासी रहेछ
उहि पुरानो निशा सरि मन्दिरमा
सर्वप्रिय मानिस
सायद आफ्नो ज्ञापनपत्र बोकि
त्येतै कतै गएको छ
अविरल बग्ने नदि बहेकै छ
यहाँ सबथोकको
आआफ्नो सोपान छ
कसैको छोरो जापानमा छ
कसैको छोरो पान खान्छ
कसैको छोरो पान बेच्छ
कसैको छोरो पानको पात
कापिमा चित्र बनाई
प्रियतमाको नाम मनमा कोर्छ
कोहि छलकपट गरि पैसा सोर्छ
आफ्नो भकारी भोर्छ
यहीँ घुस लिन्या घुसघुसेले
कुनै दिन देशनै चोर्छ
र उसैलाइ पत्तो हुदैन
हामीलाइ पत्तो छ
हामीलाइ थाहा छ
हामी जिउदो मरेको अनुभुत गरिरहेका छौ
हामी लास सरह हौ
होइन , हामी लास सरह पनि हैनौ
लासको पनि गन्तव्य छ
घाट सम्म पुग्न पर्ने
पुर्याउनु पर्ने जिम्मेदारी हामीमा
मलामी जादा पनि
केहि अघि केहि पछि
पैसा कसोरी कमाउने सोच्दै
काधमा लास बोकेर
हामी जिउदो लासहरु
यहाँ पनि परिचालित छौ
उहा छोरी हुनुन्छ ,
दागबत्ती कसले दिन्छ ?
काकाको छोरो कता हुनुन्छ ?
अनि उहाँ चाहि काका
तपाईं उहाँको निजिकको मान्छे
मपाईं उहाँको प्रिय पात्र
अनि पानी चडाउनु भयो !
डढाइन्जेल बस्न हुन्छ कि
कामकाज अन्योलमा छ ?
के छ अनि व्यापार व्यवसाय ?
यस्तै छ, परिचालित जिउदो लास
जो शहरका सडकमा पानी पर्दा छाता ओड्छ
जो गाउका भिरपाखामा पानी पर्दा घुम ओड्छ
प्रकृति सँग जितेर ,
तेह्र चौध वटा विकल्प
आफ्ना लागि तयार गरि भौतारी रहेछ्न
यतै कतै राजा डढेका रे !
यहीँ नेर कमरेडहरुका हङ्स उडेका रे !
त्यतै कतै विरुपाक्ष पलेटी मारी सोच्थे रे !
त्यहाँ माथि बसि देवकोटा कविता कोर्थे रे !
उ त्यहाँ निलकन्ठ शिवका रुपधारी बजारीएका रे !
के भन्नु हुन्छ मपाईं ?
मसाने भुत पस्यो कि क्या हो
तपाईं भित्र ?।।
हम गाउ जान्छ दाई
दोस्तहरु सङ काठमाडौं आए
दाई , मैले धेरै दुख पाए
दाई , सुख मिल्ने ठाउँ काहाँ छ ?
मलाई त्यहाँ जान मन छ
मेरो साउजिले मलाई माया गरे जस्तो गर्छ
कहिले बेल्टले पिटेर ग्लासमा पसिना भर्छ
मेराे माई अल्लाहको घर गयो
मेरो बापु शरावि भयो
मलाई बापुले नि बहुत पिट्थ्याे
दाई , म पनि मान्छे हो नि
गुलाबी कट्टन क्यान्डि हल्लाउदै
यो सडक मेरो दोस्त भएको छ
कहिले काहिँ तपाईं जस्तो दाई सङ भेट हुन्छ
हम अकेलेमे बहुत रुन्छ दाइ ,
हमनिके गावोमे मुसहर कहेकर
सर लोग छुदैन ,
यो शहरमा हामैले छोएको मिठाई खान्छ
दाई, यो शहरमा सरहरुले बिध्यालयमा
मुसहरलाइ छुट्टै बस्न लाउछ कि लाउदैन ?
दाई , मलाई पढ्न मन छ
माइलाइ बचाउन अल्लाहले सकेन
मेराे माइले त्योहोनि के हम टाङ्गा डाईभर बनाइछि भन्नुहुन्थ्यो
तर म रिक्सा डाईभर बन्नु छ दाइ ,
म यो शहरमा मिठाई बेचेर
साउजिलाइ पैसा बुझाएर
आफ्नो मेहेनतको पैसा लेकर
रिक्सा डाईभर होकर
हम गाउ जान्छ दाइ ,
हाम्रो गावाे घुम्न आउनु होला
हाम्रो गावाे घुम्न आउनु होला ।।
म
म अस्ति थिए
म हिजो पनि थिए
म आज पनि छु ।
म देखि नै महाकवि जन्मिएको हो
म द्वारा नै जननेता हुर्किएको हो
म बाट नै महात्माको मृत्यु भएको हो।।
म भिड हु
म हुल हु
म जमात हु।।।
मलाइ बुझेर महाकविहरु कविता लेख्छ्न
मलाइ देखेर जननेताहरु परिवर्तन सोच्छ्न
मलाइ हेरेर माहात्माहरु जिवन जिउछ्न।।।
म इतिहास हु
म बर्तमान हु
म भविष्य हु।।।
म देखि नै कविहरु जन्मिने छ्न
म द्वारा नै नेताहरु हुर्किने छ्न
म बाट नै महात्माहरुको मृत्यु हुनेछ ।।
सुनको औँठी
आफ्ना भएका गुणहरु देखाउदै
सुनार सुनको औठी तयार पार्दैछ्न
आफ्नै धुनमा रमाउदै
ओल्टाइपल्टाइ धार लगाउदै छ्न
बुट्टा पनि कोर्दै छ्न
सानो औठीमा ठुलाे मेहेनत गर्दैछ्न
तर कस्को भाग्यमा पर्ने हो ?
सुनको औठी !!
एक छाक नुन खान नसक्ने गरिबको ?
वा हरेक दिन खुन चुस्ने उपिया जस्ता मान्छेको ?
या जुनमा पुग्न खोज्ने सोच भएका सोचहरुको ?
सुनारलाइ केहि मतलब छैन
मतलब कसैलाइ छैन
यो मतलबि संसारमा
कस्को औलामा सुनको औँठी सजिने हो
अग्रीम धन्यवाद छ्न ति हातहरुलाइ
तर अफसोच त्यो हातले सधैब साथ दिउन
भौतिक समाजलाइ आत्मिकता तिर डाेर्याउन ।।