विश्व फोटोग्राफी दिवसको शुभकामना
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६९६ पटक पढिएको
सुभाष चाैलागाईं

नेपाल देश अद्भूत छ । यहाँका मानिसको जीवन कथामृत छ, कथनले भरिएको, पूर्ण कवितात्मक । आफुलाई प्रस्फुटन गर्न मानिसहरु अनेक माध्यमको प्रयोग गर्छन् । गफिएर हुन्छ कि, सुनेर मनन गरेर हुन्छ कि, निन्दा वा प्रशंसा गरेर हुन्छ कि, वा अन्य कुनै माध्यमबाट । जमाना डिजिटल छ । मानिस फोटो खिच्छ अनि आफ्नो विचार पोष्ट्याउँछ सँगसँगै । फोटो, प्रस्तुतिको निकै नै कलात्मक माध्यम हो । फोटो त अहिलेको सामाजिक सञ्जालको अपरिहार्यता नै भईसकेको छ ।
फोटोग्राफी अहिले मानिसका लागि कथा, कविता र उपन्यास भएको छ । मनका बह पोख्न पनि फोटोग्राफी निकै नै महत्वपूर्ण माध्यम भएको छ । आज विश्व फोटोग्राफी दिवस, र यस दिवसले धेरै मानिसहरुलाई प्रेरणा दिएको छ । फोटोग्राफी, एउटा क्यानभासमा कलाकारिता गरेजस्तै क्यामेराको फ्रेममा प्रकाशको कला बनाउनु जस्तैै हो ।
कला, रितिरिवाज, साहित्य, संगीत समाजका खामोहरु हुन् । यसलाई पुनर्जागरण गर्ने कर्तव्य हाम्रो हो । कलाका कोसेलीले समाजमा एक नयाँ निशा ल्याओस् । त्यही निशाको तेज दिन सक्ने माध्यम अहिले फोटोग्राफी बन्न पुगेको छ ।
प्रारम्भिक १९ औं शताब्दी देखि, फोटोग्राफी व्यक्तिगत अभिव्यक्ति र संसारभरि अनगिन्ती मानिसहरुको लागी प्रशंसाको एक शक्तिशाली माध्यम बनेको छ । फोटोग्राफी शक्तिशाली छ । यसले निर्माण वा आत्म सम्मान पुनर्निर्माण गर्न मद्दत गर्छ । फोटोग्राफी द्वारा विश्व दृश्यको नजरीया परिवर्तन गर्न सकिन्छ ।
रोबर्ट फ्रान्क भन्नुहुन्छ, “फोटोमा एक चीज हुनु जरुरत छ – मानवताको पल ।” विभिन्न कलाका माध्यमका उद्देश्य पनि यही नै हुन् ।
विश्व फोटोग्राफी दिवसको शुभकामना ।