प्रधानमन्त्रीसहित सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • १५ पटक पढिएको
प्रधानमन्त्रीसहित सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौं । यही भदौ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (हिजोसम्म) सबैले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा थियो । उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको एक अधिकारीले जानकारी दिए । त्यस्तै, आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने ती अधिकारीले भने । “सबैजना (प्रधानमन्त्री र मन्त्री)ले सम्पत्ति विवरण बुझाउनुभएको छ । कार्यालयमा उहाँहरूको सम्पत्ति विवरण प्राप्त भएको छ,” उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित