सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा जान युक्रेन सरकारको अनुरोध
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८६ पटक पढिएको
सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान युक्रेन सरकारले अनुरोध गरेको छ । रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीव्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

रुसले अहिले सो क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरेको छ। रोयटर्सका अनुसार सो क्षेत्रका शहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेका छन् ।
रुसले हमला तीव्र पारिरहेको बेला सरकारले त्यो स्थान खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस