पोर्चुगलमा नयाँ सरकारको सूची सार्वजनिक
- वर्ल्ड दैनिक
- १ साल अघि
- १८९ पटक पढिएको
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकारको सूची सार्वजनिक गरेका छन् । उक्त प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकृत गरेका छन् ।

कुल १७ मन्त्री र ३८ राज्यमन्त्री मनोनीत भएका छन् । पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पुरुषभन्दा बढी महिला मन्त्री भएको यो पहिलो सरकार हुनेछ। राष्ट्रिय रक्षामन्त्री हेलेना क्यारेरास यो पद सम्हाल्ने पहिलो महिला हुनेछिन्।
नवनिर्वाचित प्रधानमन्त्री एन्टोनियो कोस्टाले नयाँ सरकारसँग पोर्चुगाली समाजमा विविध अनुभव भएका मानिसहरू मिलेर बनेको बलियो राजनीतिक आधार रहेको बताए। नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस