सरकारले सीमा तथा हवाई नाकामा अनिवार्य कोभिड-१९ को परीक्षण हटायो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९७ पटक पढिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । सरकारले कोभिड-१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने छ । यस्तै पूर्ण खोप लगाएको वा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ भएपनि कोभिड-१९ काे संक्रमणको लक्षण भएका र ५ वर्ष माथिका कोभिड १९ को पूर्ण खोप नपाएका तथा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ नभएको भएपनि कोभिड-१९ को लक्षण भएकाहरुले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा कोभिड-१९ को अनिवार्य परीक्षण गर्नुपर्ने भएको छ ।