चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि रक्षा बजेट ७.१ प्रतिशतले बढाउने घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४६ पटक पढिएको
अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट रहेको चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने घोषणा गरेको छ । चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७,५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनमा जनाइएको समाचार एजेन्सी एएफपीले बताएको छ।
चीनको राज्य संचालित ग्लोबल टाइम्स अखबारको अंग्रेजी वेबसाइटले सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञहरूको भनाइ शनिबार उद्धृत गरेको छ ।
यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२० मा कोरोनाको बावजुद यो ६.६ प्रतिशत रहेको थियो।
प्रतिक्रिया दिनुहोस