संसद भवन अगाडी शंकास्पद वस्तु (प्रेशर कुकर बम) राख्ने व्यक्ति प्रहरीको हिरासतमा
- वर्ल्ड दैनिक
- १ साल अघि
- १२८ पटक पढिएको
काठमाण्डौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा शंकास्पद वस्तु (प्रेशर कुकर बम) राख्ने व्यक्तिलाई महाशाखाको बिशेष अनुसन्धान टोलिले पक्राउ गरेको छ। उक्त कुकर बम फाल्गुन १६ गते राखिएको थियो।

पक्राउ पर्नेमा काभ्रे भुम्लो गा.पा. वडा नं. २ सिमथली घर भई हाल का.जि. चावाहिल बस्ने बर्ष २१ को सुवास महत रहेका छन्। महतलाई उक्त घटनामा प्रयोग गरेको मोटरसाईकल सहित काठमाण्डौं स्थित गौशालाबाट पक्राउ गरिएको हो।
उनलाई विभिन्न कम्पनीका ४ थान मोवाईल,घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको एफ जेट मोटर साईकल १ थान,कालो निलो रंगको फुल हेल्मेट १ थान र दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट १ थान सहित प्रहरीले हिरासतमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस