संसद भवन अगाडि कुकरबम

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८२ पटक पढिएको

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद कुकरबम जस्तो देखिने वस्तु भेटिएको छ ।

संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि मुख्य सडक बन्द गर्दै उक्त क्षेत्रमा सुरक्षा घेरा बढाइएको छ । नेपाली सेनाको डिस्पोजल टोली उक्त वस्तु निष्क्रिय पार्नका लागि तयार पारिएको मैनालीले बताए ।

नो एमसीसी लेखिएको उक्त्त प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तु संसद भवन अगाडी देखिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित