संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट एमसीसी बहुमतले पारित
- वर्ल्ड दैनिक
- १ साल अघि
- ११७ पटक पढिएको
लामो समयदेखि विवादित विषय बन्दै आएको अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएको छ । संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट एमसीसी बहुमतले पारित भएको हो।

संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव राखेपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए ।
आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको हो । संसद्को बहुमत सदस्यहरू हुन्छ भन्ने पक्षमा उभिएपछि सम्झौता पारित गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस