संसद बैठक पुष १८ गते सम्मका लागि स्थगित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २३१ पटक पढिएको

 

प्रतिनिधिसभाको आज बसेको बैठक पनि स्थिगित भएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका सांसदहरुले सधैजस्तै वेल घेराउ गरेर नाराबाजि  लगाएर पछि सभामुख अग्नि प्रसाद सापकोटालले प्रतिनिधिसभा पुष १८ गते आइतबार दिउसो १ बजे सम्मका लागि स्थगित गरेको हुन् । 

संसदमा एमालेको विरोधका बाबजुत सभामुख सापकोटाले सदनलाई सुचारुगर्दै चार वटा अध्ययदेश पास गरेका  छन् । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ संसदबाट बहुमतले स्वीकृत भएको हो । 

सभामुख सापकोटाले सभालाई अगाडी राखेर प्रतिपक्ष दल एमालेलाई आफ्ना सहमाति राख्न आग्रह गरेपनि एमालेका सांसदहरुले बेवास्था गर्दै नाराबाजी गरेका थिए ।  

यसैबीच बैठक स्थगित पश्चात सञ्चारकर्मीहरु सँग कुराकानीगर्दै जनमोर्चा नेपालकी नेत्री सर्शी श्रेष्ठले कोरोना भाइसको नयाँ भेरियन्टलेबारे ध्यानदिनु पर्ने भन्दै महत्पूर्ण विधेयकहरु अगाडी लानु पर्नेमा जोड दिएकी छिन् ।  सभामुखले संविधानमा उल्लेखित संवैधानिक प्रावधानमा टेकेर निर्णण गरेको उनको भनाई छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित