घानाको संसदमा मुक्कामुक्की
- वर्ल्ड दैनिक
- १ साल अघि
- २४४ पटक पढिएको

घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ । विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच सोमबार धकेलाधकेल र मुक्का हानाहान भएको हो ।
त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले उपसभामुख जोसेफ ओसेइ ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्मा तनाव सुरु भएको जनाएका छन् । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए ।
प्रक्रिया अगाडि बढाउने वा नगर्ने भन्नेमा १८ जनवरीमा मतदान सारिएको थियो । समाचार अनुसार त्यहाँ मोबाइल मनी पेमेन्टसहित सबै विद्युतीय कारोबारमा १.७५ प्रतिशत कर लगाउने प्रस्ताव विपक्षी नेसनल डेमोक्रेटिक कंग्रेसले अस्वीकार गर्दै आएको छ ।
यस्तो करले न्यून आय भएका व्यक्तिलाई असर गर्ने र कारोबार बैंकिङ च्यानलमा बाहिर कारोबार हुने उनीहरुको भनाई छ । घानाका अर्थमन्त्रीले केन अफोरी अट्राले भने सरकारको प्रस्तावबाट १ अर्ब १५ करोड अमेरिकी डलर कर उठाउन सकिने जनाएका छन् । तस्बिर : न्युज नाइजेरिया