सभामुखको राजिनामा पछि मात्र संसदमा एमालेले अवरोध नगर्ने : महासचिव पोखरेल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७१ पटक पढिएको

 

नरेस भाट

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्नि प्रसाद सापकोटेले राजिनामा दिए पछि मात्र प्रतिनिधि सभामा एमालेले अवरोध नगर्ने बाएका छन् । राष्ट्रिय सभाको निर्वानचमा सहकार्य गरेर जान सकिने र राष्ट्रिय सभाको निर्वान जनआदेशको जनआधार नभएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । 

एमालेको केन्द्रिय कमिटि बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा एमालेले देशमा तीन ओटा क्रान्ति सम्पन्न भइसक्दा पनि कुनै पनि राजनीतिक दलले समाजलाई बदल्न नसकेको बताए । 

पत्रकार सम्मेलनमा उनले एमाले माथि अन्य राजनीतिक दलहरुले घेरा बन्दी गरेको बताउँदै संविधान कार्यान्वयन हुन नदिने संविधान विरोधि तत्वहरुले एमालेमाथि प्रहार गरेको आरोप पनि लगाएका छन्। 

अहिले सिँगो राष्ट्रिय राजनीति दुई धु्रवमा बाँडिएको भन्दै उनले एकातिर एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवासँगै पाँच दलिय गठबन्धन रहेको पनि उनको भनाई छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित