संसद अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेश
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४२५ पटक पढिएको
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
संसद अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेश भएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार ६ वटा अध्यादेश पेश भएका हुन् ।
मंगलबारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्रि बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् । उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पनि पेश गरेका छन् ।
त्यसैगरी आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश गरेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार र तथा संसदीय मामिला मन्त्रि रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गरेकी छिन् । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेश गर्नुपर्ने प्रावधान छ ।
संसदको यो अधिवेशनमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा
प्रमुख विपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसे सँगै पुस ६ गते सम्मका लागि बैठक स्थगित गरेका छन् ।