नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध जोड्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- ७६२ पटक पढिएको
नेपालले दुईओटा देशसँग कुटनीतिक सम्बन्ध जोडेको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् ।

सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम गरेको उनले जानकारी दिएकी छन् । यो सम्बन्ध जोडिएसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ ।
प्रतिक्रिया दिनुहोस