अष्ट्रेलियाले पनि बहिष्कार गरे आगामी शीतकालीन ओलम्पिक

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४४९ पटक पढिएको

 

अष्ट्रेलियाले पनि आगामी फेब्रुअरीमा बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने घोषणा गरेको छ । अमेरिकी घोषणालगत्तै अष्ट्रेलियाले समेत शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएको हो ।

बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएका हुन् । तर आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा अष्ट्रेलियाका खेलाडी भने सहभागी हुने मोरिसन बताएका छन् ।  ‘मानव अधिकार र सिनजियाङको मुद्दा’सम्बन्धी चासो चीन समक्ष व्यक्त गरेको पनि उनको भनाइ छ ।

अमेरिकाले मंगलबार बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो । अमेरिकाले पनि मानव अधिकार हनन र जिनसियाङका उइगुर मुस्लिममाथि भइरहेको व्यवहारका कारण बेइजिङ ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा प्रतिनिधि नपठाउने निर्णय गरेको छ ।

चीनले शीतकालीन बेइजिङ ओलम्पिक कुटनीटिक रुपमा बहिष्कार गर्ने अमेरिकी घोषणाको निन्दा गर्दै मंगलबार चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले उक्त कदमप्रति ‘सशक्त जवाफ’ दिने बताएका थियो । तर चीनले दिने सशक्त जवाफबारे उनले केही खुलाएनन् । तस्बिर : सिएनएन

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित