‘मिस वर्ल्ड २०२१’ स्थगित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१७ पटक पढिएको

केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए । शुरुमा ७ जना प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएको  थियो । महामारी रोग विशेषज्ञ मेलिसा मार्जानले मिस वर्ल्डसँग सम्बन्धित ३८ जनालाई कोभिड-१९ संक्रमण देखिएको छ । त्यसमा १५ कर्मचारी र २३ प्रतियोगीहरू रहेको सीएनएनले उल्लेख गरेको छ  ।

त्यस पछि भने पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो । प्रतियोगितामा भाग लिनका लागि नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि अमेरिका पुगिसकेकी छन् । अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित