दक्षिण कोरियामा शनिबार देखि कोभिडसम्बन्धी प्रतिबन्ध लागू हुने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१४ पटक पढिएको

 

दक्षिण कोरियाले कोभिड-१९ को  संक्रमण दर र गम्भीर बिरामीको संख्या उच्च बिन्दुमा पुगेपछि प्रतिबन्धात्मक सम्बन्धी नियममा पुन: कडाइ गर्ने भएको छ । त्यहाँको सरकारले शनिबारदेखि पुन: प्रतिबन्ध लगाइने घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरु जनाएका छन् ।   

योसँगै ४ जनाभन्दा बढी मानिस भेला हुन पाउने छैनन् र भेला हुने सबैले पूर्ण खोप लगाएको हुनु पर्नेछ । त्यस्तै, राति ९ बजेपछि रेष्टुरेन्ट, क्याफे र बार बन्द गर्नुपर्ने छ भने सिनेमा घर तथा इन्टरनेट क्याफे राति १० बजेपछि सञ्चालन गर्न पाइने छैन । खोप नलगाएका मानिसले आफू मात्रै बाहिर गएर खान वा खाना ल्याउन पाउने छन् ।

डेढ महिनाअघि ‘लिभिङ विद कोभिड-१९’ (कोभिड-१९ सँगै बाँच्ने) नीतिअन्तर्गत प्रतिबन्धहरू खुकुलो पारिएको थियो । कोरोना भाइरसका दैनिक संक्रमित निरन्तर बढ्न थालेको र स्वास्थ्यकर्मीले अस्पतालमा अस्तव्यस्त अवस्था आउन सक्ने चेतावनी दिएपछि सरकारमाथि प्रतिबन्ध खुकुलो पार्ने यसअघिको नीति फिर्ता लिन दबाब परेको थियो ।

गत हप्ता दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक ७ हजारमाथि पुगेको थियो । त्यहाँ बुधबार ७ हजार ८५० जना नयाँ संक्रमित थपिएका थिए । बिहीबार ७ हजार ६२२ मानिस संक्रमित भएको कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित